रौतहट–१ मा प्रतिनिधिसभा सदस्यको मतगणना: माधब नेपाल चौथो

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रौतहट–१ मा प्रतिनिधिसभा सदस्यको मतगणना: माधब नेपाल चौथो

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको मतगणना जारी रहेको छ। हालसम्मको परिणामअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी ७०६ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन्।

त्यसैगरी, जसपा नेपालका योगेन्द्र यादवले ५६७ मत प्राप्त गरेका छन् भने एमालेका अजय गुप्ताले २८८ मत पाएका छन्। पूर्वप्रधानमन्त्री तथा नेकपा सहसंयोजक माधवकुमार नेपालले यस निर्वाचन क्षेत्रबाट २२० मत प्राप्त गरेका छन्।

हालको स्थितिमा राजेश चौधरीले सबैभन्दा बढी मत प्राप्त गरी अग्रस्थानमा रहेका छन्। मतगणना जारी रहेको र अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ।