काठमाडौँ क्षेत्र नं १ मा एमालेसहित अन्य उम्मेद्वारको जमानत जफल

User Image Prime TV News एक महिना अगाडि
Image of काठमाडौँ क्षेत्र नं १ मा एमालेसहित अन्य उम्मेद्वारको जमानत जफल

काठमाडौ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा अधिकांश उम्मेदवारले आफ्नो धरौटी रकम (जमानत) जोगाउन सकेनन्।

कुल २९ जना उम्मेदवार मध्ये विजयी उम्मेदवारसहित मात्र ३ जनाले आफ्नो जमानत सुरक्षित गर्न सफल भएका छन् भने बाँकी २६ उम्मेदवारको धरौटी जफत भएको छ। निर्वाचन ऐनको दफा ६४ अनुसार पहिलो हुने निर्वाचित प्रणालीमा कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।

यस क्षेत्रमा कुल सदर मत २९,८२ रहेकोले उम्मेदवारले कम्तीमा २,९०८ मत ल्याउनुपर्ने थियो। यस आधारमा रास्वपाकी विजयी उम्मेदवार रन्जु न्यौपाने ले १५,४५५ मतसहित आफ्नो धरौटी सुरक्षित गरेकी छन्।

त्यस्तै, नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६,३६४ मत र राप्रपाका रविन्द्र मिश्रले ३,९७२ मत ल्याएर जमानत सुरक्षित गरेका छन्। बाँकी उम्मेदवारमध्ये नेकपा (एमाले) का मोहन राज रेग्मीले १,६१८ मत, उज्यालो नेपाल पार्टी का मंग लाल श्रेष्ठ ४६६ मत, श्रम संस्कृति पार्टी का समिर लामा तामाङ ४२६ मत र नेपाली कम्युनिष्ट पार्टी की मेनुका भण्डारीले ३४५ मत मात्र प्राप्त गरी धरौटी जफत भएका छन्।

यसैगरी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र नेकपा माओवादीका उम्मेदवारहरूले समेत सय मतको आंकडा पार गर्न सकेनन्। १४ जना स्वतन्त्र उम्मेदवारहरूको धरौटी पनि जफत भएको छ भने शून्य वा एक-दुई मत मात्र प्राप्त गर्ने उम्मेदवारहरूको धरौटी पनि कानुनअनुसार जफत गरिएको छ।