डा. बाबुराम भट्टराईद्वारा रास्वपाको जनलहरलाई “शान्त विद्रोह”को रूपमा मूल्याङ्कन
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको व्यापक जनसमर्थनलाई शान्त विद्रोहको रूपमा व्याख्या गरेका छन्।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रारम्भिक मत परिणाम आइरहँदा भने,“ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ट परिस्थितिमा सम्पन्न आम निर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशव्यापी जनलहर पैदा भएको छ। यो मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न आम जनताको शान्त विद्रोहको अभिव्यक्ति हो।”
उनीनले रास्वपाको नेतृत्व टिमलाई बधाई दिँदै थपे, “देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ–राजनीतिक र बाह्य भू–राजनीतिक चुनौतिहरूको कुशल व्यवस्थापन गर्दै जनताका जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई पूर्ण सफलता मिलोस्। हार्दिक शुभकामना।”







