रास्वपा प्रवक्ताको सन्देश: 'जनताको अपेक्षा अनुसार परिवर्तन ल्याउन मेहनत जारी'

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रास्वपा प्रवक्ताको सन्देश: 'जनताको अपेक्षा अनुसार परिवर्तन ल्याउन मेहनत जारी'

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा ले हिजो सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछिको परिस्थितिमा पार्टीका कार्यकर्तालाई संयम, उदारता र जिम्मेवारीपूर्ण व्यवहार अपनाउन आग्रह गरेका छन् । 

झा ले पार्टी बहुमततर्फ अग्रसर भए पनि अझै धेरै मेहनत आवश्यक रहेको बताए । उनले भने, “हाम्रो उद्देश्य देशमा सकारात्मक परिणाम सहितको परिवर्तन हो। हामीले अझै धेरै मेहनत गर्नुपर्नेछ। नेता होइन, सहजकर्ता भएर खट्नु छ। जनताले हामीलाई ठुलो अपेक्षा सहित मतादेश र जिम्मेवारी दिएका छन्। तसर्थ परिवर्तनकारीहरूले थप सभ्य र अनुशासित रहन आवश्यक छ।”

उनीले थपे कि देशको वास्तविक चुनौती भ्रष्टाचार, गरिबी र कुशासन हो, र उम्मेदवार वा दलहरू केवल लोकतान्त्रिक प्रक्रियाका प्रतिस्पर्धी मात्र हुन्। “सबैको अस्तित्व प्रति सम्मान राख्दै हामी थप संयमित, उदार र जिम्मेवार हुनुपर्छ। सबैमा अनुरोध।”