प्रतिनिधि सभा क्षेत्र–१: स्वतन्त्र उम्मेदवार महावीर पुन अग्रस्थानमा

User Image Prime TV News ४ हप्ता अगाडि
Image of प्रतिनिधि सभा क्षेत्र–१: स्वतन्त्र उम्मेदवार महावीर पुन अग्रस्थानमा

म्याग्दी । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मतगणना अनुसार स्वतन्त्र उम्मेदवार महावीर पुन अग्रस्थानमा छन्।

हालसम्म उनले १,६६६ मत प्राप्त गरेका छन्। यसै क्षेत्रका अन्य प्रतिस्पर्धीमा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ – ६१२ मत (दोस्रो स्थान), नेपाली कम्युनिष्ट पार्टीको अर्जुनबहादुर थापा – ४७२ मत, नेपाली कांग्रेस: कर्णबहादुर भण्डारी – ३९५ मत, रास्वपा: युवराज रोकाले ५ मत प्राप्त गरेका छन् 

मतगणना जारी रहेको र अन्तिम परिणाम अझै केही फरक पर्न सक्ने बताइएको छ।