प्रतिनिधि सभा निर्वाचन: यी हुन प्रारम्भिक मतपरिणाममा कांग्रेसले अग्रता कायम गरेको क्षेत्र
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन सुरु भएको छ। हालसम्म ६५ क्षेत्रको मतगणना भइसकेको छ। मतपरिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले १ क्षेत्रमा जित हात पारेको छ भने ५० क्षेत्रमा अग्रता लिइरहेको छ। नेपाली कांग्रेस र नेकपा एमालेले समान रूपमा ५–५ क्षेत्रमा अग्रता कायम गरेका छन्।
ललितपुर–१: कांग्रेसका उदय शम्शेर राणाले ३,१४४ मतसहित अग्रता लिएका छन्। नेकपा एमालेका चेतनाथ संजेल १,७५३ मतसहित पछि छन् भने रास्वपाका बुद्धरत्न महर्जन १,६५२ मतसहित तेस्रो स्थानमा छन्।
मुस्ताङ–१: कांग्रेसका योगेश गौचन थकाली २,५५७ मतसहित अघि छन्। एमालेका इन्द्रधारा डादु विष्ट १,३२३ मतसहित दोस्रो स्थानमा छन् भने रास्वपा के अधितीय चन्द्र थकाली ५९१ मतसहित तेस्रो छन्।
कपिलवस्तु–३: कांग्रेसका अभिषेकप्रताप शाह २,५३१ मतसहित अग्रता लिएका छन्। एमालेका बीरेन्द्रकुमार कानोडिया १,४९३ मतसहित पछि छन्। राष्ट्रिय मुक्ति पार्टीका ईज्ञश्वर दयाल मिश्र १,४५९ मतसहित तेस्रो छन् भने रास्वपा प्रकाश रजौरिया १,२७० मतसहित चौथो स्थानमा छन्।
दैलेख–१: कांग्रेसकी बासना थापा १,२५७ मतसहित अगाडि छिन्। एमालेका रविन्द्रराज शर्मा ९२० मतसहित पछि छन् भने रास्वपा नन्दकिशोर बस्नेत ५२४ मतसहित तेस्रो स्थानमा छन्। कैलाली–१: कांग्रेसका जनकराज चौधरी ३४८ मतसहित अगाडि छन्। स्वतन्त्र उम्मेदवार फागुराम थारु २४१ मतसहित दोस्रो र रास्वपा की कोमल ज्ञवाली १९९ मतसहित तेस्रो स्थानमा छन्।







