प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणना अनुसार रास्वपाको ५० निर्वाचन क्षेत्रमा अग्रता

User Image Prime TV News ४ हप्ता अगाडि
Image of प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणना अनुसार रास्वपाको ५० निर्वाचन क्षेत्रमा अग्रता

काठमाडौ । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य अग्रता बनाएको छ।

बिहीबार भएको निर्वाचनपछि हालसम्म प्राप्त मतगणनाको विवरणअनुसार रास्वपाले काठमाडौं क्षेत्र नम्बर १ मा जित निकालिसकेको छ । उसले ५० निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। अन्य प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमाले भने धेरै पछाडि देखिएका छन्। एमाले ५ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा छ भने कांग्रेस पनि ५ स्थानमा अगाडि छ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टी ३ क्षेत्रमा अगाडि रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले १/१ क्षेत्रमा अग्रता कायम गरेका छन्।