झापा–५: बालेन शाहले ओलीलाई दोब्बरभन्दा बढी मतले पछि पारे
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधि सभा निर्वाचनको मतगणनामा झापा–५ का रास्वपा उम्मेदवार बालेन शाहले एमालेका उम्मेदवार केपी शर्मा ओलीलाई दोब्बरभन्दा बढी मतले पछि पारेका छन्।
हालको मतगणनाअनुसार बालेनले १०,१९० मत प्राप्त गरेका छन् भने ओलीले ४,०८७ मतमा रोकिएका छन्। यसरी बालेनले स्पष्ट अग्रता बनाएका छन्। झापा–५ को मतगणना अझै जारी रहेको छ।
प्रारम्भिक परिणामले रास्वपाका उम्मेदवारको स्थिति बलियो रहेको देखाइरहेको छ, र बाँकी मत गणनाले पनि ठूलो परिवर्तन गर्ने सम्भावना कम देखिन्छ।







