सर्लाही–४: कांग्रेस सभापति गगनकुमार थापालाई प्रारम्भिक झटका, अमरेश सिंह फराकिलो अग्रमा
Prime TV News ४ हप्ता अगाडि 
सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक मत परिणामले ठूलो झटका दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेश सिंहले १,९०८ मतसहित स्पष्ट अग्रता बनाएका छन्।
यसैबीच थापाले हालसम्म मात्र ५३६ मत प्राप्त गरेका छन्। प्रारम्भिक मतगणनाको तथ्यांकअनुसार, अमरेश सिंहले कांग्रेस सभापतिलाई ठुलो अन्तरले पछि पारेका छन्। प्रारम्भिक परिणामलाई कांग्रेस नेतृत्वमा चुनौतीको संकेतका रूपमा व्याख्या हेरिएको छ । बाँकी मतको गणना पश्चात अन्तिम परिणाम कसरी आउनेछ भन्ने प्रतिक्षा भइरहेको छ।







