रुपन्देही–२: विष्णु पौडेलको विरासत संकटमा, खरेल फराकिलो अग्रता
Prime TV News एक महिना अगाडि 
रुपन्देही । रुपन्देही क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उपाध्यक्ष तथा ‘हेभीवेट’ नेता विष्णु पौडेलको राजनीतिक विरासत संकटमा परेको छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले अप्रत्याशित र फराकिलो अग्रता बनाएका छन्।
पछिल्लो तथ्यांक अनुसार खरेलले १०,५१९ मत प्राप्त गरेका छन्, जबकि पौडेलले मात्र २,१९३ मत पाएका छन्। यसले दुई नेताबीचको मतान्तर ८,३२६ मा पुगेको छ। अर्का उम्मेदवारहरुमा, कांग्रेसका चुन्न प्रसाद शर्मा पौडेलले १,२०४ मत प्राप्त गरेका छन् भने नेकापाका विश्वदीप पाण्डेले ३५२ मत ल्याएका छन्। निर्वाचन अधिकृतको कार्यालयले ४२७ मत बदर भएको जनाएको छ। यस क्षेत्रमा कुल ८६,७१५ मत खसेको थियो।
हालको गणना अनुसार खरेलको अग्रता अत्यधिक भएकोले, बाँकी मत गणना भएपनि उनका लागि विजय सुनिश्चित हुने सम्भावना बलियो रहेको बताइरहेका छन्। यस घटनाले एमालेका शीर्ष नेताको प्रभाव र राजनीतिक प्रतिमामा ठूलो चुनौती खडा गरेको छ।







