काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी, राजधानीबाट रास्वपाको खाता खुल्यो

User Image Prime TV News ४ हप्ता अगाडि
Image of काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी, राजधानीबाट रास्वपाको खाता खुल्यो

काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी छन्। यससँगै राजधानी काठमाडौंबाट रास्वपाले प्रतिनिधिसभामा आफ्नो खाता खोलेको छ।

मतगणनाको अन्तिम परिणाम अनुसार दर्शना १५ हजार ४५५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन्। यस क्षेत्रको मतपरिणामले राजधानीमा रास्वपाको बढ्दो प्रभावलाई संकेत गरेको विश्लेषण गरिएको छ। औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालयबाट केही समयपछि गरिने जनाइएको छ।