रास्वपाको जनलहर: काठमाडौंका दुई क्षेत्रमा मतगणना नसकिँदै जित सुनिश्चित

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रास्वपाको जनलहर: काठमाडौंका दुई क्षेत्रमा मतगणना नसकिँदै जित सुनिश्चित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा अभूतपूर्व जनलहरसहित विजय अभियान सुरु गरेको छ। देशका अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता कायम गरिरहेका बेला काठमाडौंका दुई क्षेत्रमा भने मतगणना सकिनु अघि नै जित सुनिश्चित भएको छ।

काठमाडौं–१ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना तथा काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठको जित लगभग पक्का भएको हो। ती दुवै क्षेत्रमा गन्न बाँकी रहेको मतभन्दा उनीहरूले प्राप्त गरेको अग्रता धेरै भएकाले उनीहरूको विजय निश्चित भएको बताइएको छ।

काठमाडौं–१ मा रञ्जु दर्शनाले सुरुवातदेखि नै उल्लेखनीय मतअन्तर बनाउँदै अग्रता कायम गरेकी छन् भने काठमाडौं–८ मा विराजभक्त श्रेष्ठले पनि प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै स्पष्ट अग्रता बनाएका छन्।

देशभर जारी मतगणनाको प्रारम्भिक परिणामले रास्वपाको प्रभाव उल्लेखनीय रूपमा बढेको संकेत गरेको छ। विभिन्न जिल्लामा रास्वपाका उम्मेदवारहरूले अग्रता लिइरहेका कारण यस निर्वाचनमा पार्टीको उपस्थिति अझ सशक्त बन्ने आकलन गरिएको छ। मतगणना जारी रहेकाले निर्वाचन आयोगले भने औपचारिक रूपमा अन्तिम परिणाम घोषणा गर्न बाँकी रहेको जनाएको छ।