काठमाडौँ–१ मा रास्वपाकी रञ्जु दर्शनाको फराकिलो अग्रता

User Image Prime TV News ४ हप्ता अगाडि
Image of काठमाडौँ–१ मा रास्वपाकी रञ्जु दर्शनाको फराकिलो अग्रता

काठमाडौ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले फराकिलो अग्रता कायम गरेकी छन्।

हालसम्मको गणनाअनुसार रञ्जु दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार ४ हजार ७३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले २ हजार ७४४ मत पाएका छन् । 

मतगणना अझै जारी रहे पनि फराकिलो मतान्तरका कारण काठमाडौँ–१ मा रञ्जु दर्शनाको जित लगभग निश्चित हुने देखिएको छ ।