मोरङ–३ मा श्रम संस्कृति पार्टीको अग्रता, प्रतिस्पर्धा त्रिपक्षीय
Prime TV News ४ हप्ता अगाडि 
मोरङ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएसँगै प्रारम्भिक परिणाम सार्वजनिक हुन थालेको छ। हालसम्मको गणनामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ।
निर्वाचन अधिकृतका अनुसार हालसम्म ५०० मत गणना हुँदा श्रम संस्कृति पार्टीले २१८ मत प्राप्त गरेको छ। यस्तै नेपाली कांग्रेसले ११९ मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११६ मत प्राप्त गरेको छ। नेकपा एमाले ले २८ मत पाएको छ।
यस क्षेत्रमा श्रम संस्कृति पार्टीका अमिर मगर, कांग्रेसका सुनिल शर्मा र रास्वपाका गणेश कार्की बीच मुख्य प्रतिस्पर्धा देखिएको छ।मतगणना अझै प्रारम्भिक चरणमै रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ।
तर सुरुवाती मतपरिणामले मोरङ–३ मा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।







