रुकुमपूर्वमा प्रचण्डको स्पष्ट अग्रता

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रुकुमपूर्वमा प्रचण्डको स्पष्ट अग्रता

काठमाडौ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुकुमपूर्वमा जारी मतगणनाको प्रारम्भिक परिणाममा पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट अग्रता बनाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म २ हजार ६३५ मत गणना हुँदा नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमाले का उम्मेदवार लीलामणि गौतम ले ४३१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस की उम्मेदवार कुसुमदेवी थापा ले ४१७ मत ल्याएकी छन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापा ले १७६ मत प्राप्त गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले ३५ मत ल्याएका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोशन शाहले ७ मत प्राप्त गरेका छन् भने नेसनल मंगल अर्गनाइजेसन पार्टीका उम्मेदवारले ४५ मत पाएका छन्।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्नेछ। प्रारम्भिक मतपरिणामले भने रुकुमपूर्वमा प्रचण्डको बलियो पकड देखिएको संकेत गरेको छ।