चितवन क्षेत्र नम्बर–२ मा रवि लामिछानेको अग्रता
Prime TV News ४ हप्ता अगाडि 
चितवन । चितवन क्षेत्र नम्बर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अग्रस्थानमा देखिएका छन्।
हालसम्म ६ हजार ६२३ मत गणना हुँदा घण्टी चुनाव चिन्हका उम्मेदवार लामिछानेले २ हजार ८०१ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा एमालेका अस्मिन घिमिरे ले १ हजार २५९ मत प्राप्त गरेका छन् भने काङ्ग्रेस रुख चिह्नकी उम्मेदवार मीना कुमारी खरेल ले ९१६ मत पाएकी छन्।
नेकपाका तारा चिन्हका युवराज गुरुङ ले १ हजार १५६ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूले भने न्यून मत प्राप्त गरेका छन्। हालसम्म ३०९ मत बदर भएको छ।







