प्रधानमन्त्री कार्कीको नेतृत्वमा लोकतन्त्रको विजयः बालेन शाह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रको विजय भएको बताएका छन्।
बिहीबार मतदान सम्पन्न भएपछी सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले प्रधानमन्त्री कार्कीको तस्वीर सेयर गर्दै लेखेका छन्, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ। आमा”। जेनजी आन्दोलनपछिको प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सम्पन्न भएको निर्वाचन आयोगका पदाधिकारीहरूले बताएका छन्।
छिटपुट विवादबाहेक अधिकांश मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी आयोगले सार्वजनिक गरेको छ।







