एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान, ओली आज झापा नजाने

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान, ओली आज झापा नजाने

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट ओलीले मतदान गरेका हुन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका ओलीले भक्तपुरबाट मतदान गरेका हुन् । ओली पत्नी राधिका शाक्यसँगै दिउँसो १२ बजेपछि उक्त मतदान केन्द्र पुगेर भोट हालेका हुन् ।

मतदान पश्चात ओली झापा नजाने भएका छन्। आफूले उम्मेदवारी दिएको झापा ५ मा जाने कार्यक्रम ओलीले स्थगित गरेका हुन्। काठमाडौंमा मतदानपछि उनी उम्मेदवारी दिएको झापा ५ जाने र विभिन्न मतदान केन्द्र पुग्ने कार्यक्रम थियो।