दोलखाको गोल्मेश्वर माविमा रोकिएको मतदान पुनः सुरु हुने

User Image Prime TV News एक महिना अगाडि
Image of दोलखाको गोल्मेश्वर माविमा रोकिएको मतदान पुनः सुरु हुने

दोलखा । तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालयमा रोकिएको मतदान पुनः सुरु गर्ने सहमति भएको छ।

बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले जानकारी दिँदै भन्नुभयो, “त्यहाँ मतदान सुरु गर्ने सर्वदलीय सहमति भएको छ, केहीबेरमा मतदान पुनः सुरु हुन्छ।” मतदान स्थलमा खटिएका कर्मचारीमाथि एक समूहले हातपात गर्न खोज्दा प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो।

यस घटनापछि सर्वदलीय बैठक बसेर मतदान पुनः सुरु गर्ने निर्णय गरिएको हो।