पूर्णबहादुर खड्काले सुर्खेत–१ मा मतदान गरे, देउवा सिंगापुरमा उपचारमा

User Image Prime TV News एक महिना अगाडि
Image of पूर्णबहादुर खड्काले सुर्खेत–१ मा मतदान गरे, देउवा सिंगापुरमा उपचारमा

सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बिहीबार सुर्खेत–१ मा रहेको सूर्यज्योति माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ।

कांग्रेसको विशेष महाधिवेशनपछि केही समय निस्क्रिय रहेका खड्का यसअघि सुर्खेत–१ मा फेरि चुनाव लड्ने योजना बनाउनु भएको थियो। तर निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट चयनित कार्यसमितिलाई वैधानिकता दिएपछि उनले चुनाव नलड्ने घोषणा गर्नुभएको थियो।

त्यसयता खड्का प्रत्यक्ष रूपमा चुनावी प्रचारप्रसारमा सहभागी हुनु भएन, तर सामाजिक सञ्जालमार्फत कांग्रेसका लागि भोटको आग्रह गर्नुभएको थियो। उता, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा हाल उपचारका लागि सिंगापुरमा हुनुहुन्छ र यसपटक मतदानमा भाग लिनुहुन्न।