सर्लाहीको बलरामा मतदान केन्द्रमा ढुंगामुढा, केही घाइते, मतदान स्थगित

User Image Prime TV News एक महिना अगाडि
Image of सर्लाहीको बलरामा मतदान केन्द्रमा ढुंगामुढा, केही घाइते, मतदान स्थगित

सर्लाही । सर्लाहीको बलरा नगरपालिका स्थित एक मतदान केन्द्रमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबीच विवाद हुँदा ढुंगामुढा भएको छ।

स्थानीय प्रहरीले जानकारी दिनु अनुसार विवाद बिहानैदेखि सुरु भएको थियो र बढ्दै गएपछि मतदान केन्द्रमा तनावपूर्ण अवस्था सिर्जना भयो। घटनापछि मतदान करिब आधा घण्टासम्म स्थगित गरिएको छ।

प्रहरीका अनुसार यस क्रममा केही व्यक्तिहरू घाइते भएका छन्। अहिले घटना स्थलमा सुरक्षा कडा पारेर स्थिति नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ। मतदान केन्द्र सञ्चालनमा फर्किनुअघि अधिकारीहरूले मतदातालाई शान्तिपूर्ण रूपमा मतदान गर्न आग्रह गरेका छन्।