कोशी प्रदेशका तीन जिल्लामा मतदान जारी, झापामा सबैभन्दा बढी मत खस्यो
Prime TV News एक महिना अगाडि 
विराटनगर । कोशी प्रदेश लगायत देशभर आज बिहानदेखि प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदान जारी छ। प्रदेशका विभिन्न जिल्लामा मतदाताको उल्लेख्य सहभागिता देखिएको छ।
हालसम्म झापा मा २८ प्रतिशतभन्दा बढी मत खसेको छ। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल का अनुसार जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । त्यस्तै सुनसरी मा २० प्रतिशतभन्दा बढी मत खसेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे ले जानकारी दिएका छन्।
यस्तै मोरङमा हालसम्म १५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय मोरङ ले जनाएको छ। बिहानैदेखि मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति बढ्दो देखिएको छ। अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको र सुरक्षा व्यवस्था कडा पारिएको सम्बन्धित प्रशासनले जनाएको छ।







