तामाकोशीमा मतदान केन्द्रमा विवाद, प्रहरीले हवाई फायर गर्‍यो

User Image Prime TV News एक महिना अगाडि
Image of तामाकोशीमा मतदान केन्द्रमा विवाद, प्रहरीले हवाई फायर गर्‍यो

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित एक मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ।

जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार मतदानका क्रममा केही व्यक्तिले मतदान केन्द्रमा कार्यरत कर्मचारीमाथि हातपात गर्ने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले एक–दुई राउन्ड हवाई फायर गरेका हुन्।

सहायक प्रमुख जिल्ला अधिकारी अकुल बहादुर आलेका अनुसार कर्मचारीमाथि हातपात हुन थालेपछि सुरक्षाकर्मीले भीड नियन्त्रण गर्न हवाई फायर गर्नुपरेको बताए। उनका अनुसार घटना भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

हाल उक्त क्षेत्रमा अवस्था सामान्य भइसकेको र मतदान प्रक्रिया पुनः शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको प्रशासनले जनाएको छ।