नेपालमा हुने आईसीसी विश्वकप लिग–२ श्रृंखला अनिश्चितकालका लागि स्थगित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपालमा मार्च १० देखि २० तारिखसम्म आयोजना हुने तय भएको आइसी क्रिकेट वल्ड कप लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखला स्थगित गरिएको छ।
अमेरिका–इजरायल–इरानबीचको युद्धका कारण मध्यपूर्व क्षेत्रमा उत्पन्न अस्थिरता र सुरक्षा चिन्तालाई ध्यानमा राख्दै प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि रोकिएको हो। उक्त श्रृंखलामा नेपाल, यूएई र ओमानबीच कीर्तिपुरस्थित त्रिभ्वन विश्वविद्यालय क्रिकेट ग्राउण्ड र मुलपानी ग्राउणमा खेल हुने तय थियो।
तालिकाअनुसार तीनवटै टोलीले चार/चार एकदिवसीय खेल खेल्ने कार्यक्रम थियो। क्रिकेट एसोशिएसन नेपालले बुधबार विज्ञप्ति जारी गर्दै सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको जनाएको छ। नयाँ मिति परिस्थितिअनुसार तय गरिने उल्लेख गरिएको छ।
लिग–२ नेपालसहित आठ एसोसिएट राष्ट्र सहभागी हुने महत्वपूर्ण एकदिवसीय प्रतियोगिता हो । जसले एकदिवसीय मान्यता जोगाउने र विश्वकप छनोट यात्रालाई निर्धारण गर्ने आधार तयार पार्छ। हाल नेपाल अंकतालिकाको सातौँ स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेको छ।












