निर्वाचन आयोगले २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने प्रतिबद्धता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निर्वाचन आयोगले मतपेटिका संकलन भएपछि २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने जानकारी दिएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बुधबार पत्रकार सम्मेलनमा मतपेटिका छिटो संकलन गर्न सबै प्रयास गरिने बताए। भण्डारीका अनुसार, दुर्गम वा कठिन स्थानमा हेलिकप्टर प्रयोग गरेर पनि मतपेटिका संकलन गरिनेछ।
गणना सुरु भएपछि २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा र समानुपातिक मतको परिणाम पनि छिटै सार्वजनिक गरिने जानकारी दिए ।







