अमेरिका–इजरायल आक्रमणमा मारिएका खामेनीको अन्त्येष्टि हुँदै, नयाँ नेता छान्ने प्रक्रिया अन्तिम चरणमा

User Image Prime TV News एक महिना अगाडि
Image of अमेरिका–इजरायल आक्रमणमा मारिएका खामेनीको अन्त्येष्टि हुँदै, नयाँ नेता छान्ने प्रक्रिया अन्तिम चरणमा

काठमाडौ । इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि आज तेहरानमा हुँदैछ।

नेपाली समयअनुसार बिदाइ समारोह राति करिब पौने १२ बजे सुरु हुने र तीन दिनसम्म चल्ने बताइएको छ । खामेनीका छोरा मोज्ताबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको र आजै घोषणा हुन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । 

यसबीच, इजरायली रक्षामन्त्री इजरायल काट्जले नयाँ नेता जोसुकै भए पनि यदि उसले इजरायल वा अमेरिकाविरुद्धको धम्की जारी राख्यो भने उसलाई विनाशको मुख्य लक्ष्य बनाइने चेतावनी बताएका छन् ।