रामेछापमा कांग्रेस–प्रलोपा चुनावी तालमेल, प्रत्यक्षतर्फ खड्कालाई समर्थन

User Image Prime TV News एक महिना अगाडि
Image of रामेछापमा कांग्रेस–प्रलोपा चुनावी तालमेल, प्रत्यक्षतर्फ खड्कालाई समर्थन

रामेछाप । रामेछापमा भोलि हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल भएको छ।

प्रत्यक्षतर्फ प्रलोपाले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै कांग्रेसका उम्मेदवार रामचन्द्र खड्कालाई सहयोग गर्ने सहमति भएको छ। समानुपातिकतर्फ भने दुवै दलले आआफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्ने समझदारी गरेका छन्। यस अनुसार प्रलोपाका उम्मेदवार विरेन्द्र श्रेष्ठले कांग्रेसलाई समर्थन गर्नेछन्।

निर्वाचनमा अन्य प्रतिस्पर्धी उम्मेदवारहरूमा माधव ढुंगेल (एमाले), श्यामकुमार श्रेष्ठ (नेपाली कम्युनिष्ट पार्टी), डा. कृष्णहरी बुढाथोकी (रास्वपा) र गोरे तामाङ (राप्रपा) रहेका छन्।