मतदातालाई निर्धक्क भएर मतदान गर्न कार्यवहाक निर्वाचन आयुक्त भण्डारीको आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of मतदातालाई निर्धक्क भएर मतदान गर्न  कार्यवहाक निर्वाचन आयुक्त भण्डारीको आग्रह

काठमाडौ । कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भोली हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सम्पूर्ण मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका छन्।

आयोगले निर्वाचन सञ्चालन र व्यवस्थापनका सबै तयारी पूरा भइसकेको जानकारी दिँदै भण्डारीले मतदातालाई मतदानमा सहभागी हुन आग्रह गरेका हुन्। उनले यस चुनाव नेपालमा संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको बताए।

भण्डारीले भने, “निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार छ। मतदाताको सक्रिय सहभागिताले शासनप्रतिको नागरिक अपनत्व बढाउँछ।”

उनले मतदानलाई मतदाताको अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिको रूपमा लिनुपर्ने बताए। निर्वाचन व्यवस्थापनमा राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र सञ्चारमाध्यमले दिएको सहयोगले आयोगलाई थप ऊर्जा र हौसला दिएको पनि भण्डारीले स्पष्ट पारे।

उनले सबै मतदातालाई बिहीबार आफ्ना मतदान केन्द्रमा पुगेर निर्धक्क मतदान गर्न आग्रह गरेका छन्।