प्रधानमन्त्री कार्कीले बोलाईन् राष्ट्रिय सुरक्षा परिषद् बैठक
Prime TV News एक महिना अगाडि काठमाडौ । सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे राष्ट्रिय सुरक्षा परिषद्को विशेष बैठक बोलाएकी छिन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन्। भोलि हुने प्रतिनिधि सभा निर्वाचनअघि प्रधानमन्त्रीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन्।
बैठकमा देशभरको पछिल्लो सुरक्षा अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सुरक्षा रणनीति र सम्भावित चुनौतीहरूको समीक्षा हुने बताइएको छ।







