ट्रम्पद्वारा स्पेनसँग व्यापार रोक्ने चेतावनी, अमेरिका–स्पेन सम्बन्ध तनावमा

User Image Prime TV News एक महिना अगाडि
Image of ट्रम्पद्वारा स्पेनसँग व्यापार रोक्ने चेतावनी, अमेरिका–स्पेन सम्बन्ध तनावमा

काठमाडौ । डोनाल्ड ट्रम्पले स्पेनसँगका सबै व्यापार रोक्ने धम्की दिएका छन्। ट्रम्पको यस्तो चेतावनी स्पेनले इरानमा अमेरिकाको सैन्य अभियानका लागि आफ्ना सैन्य आधार प्रयोग गर्न अस्वीकार गरेपछि आएको हो।

ह्वाइट हाउसमा आयोजित बैठकमा ट्रम्पले स्पेनको व्यवहारलाई ‘धेरै नराम्रो’ भन्दै कडा आलोचना गरेका छन्। उनले भनेका छन्, “हामी स्पेनसँगका सबै व्यापार रोक्न सक्छौँ। हामी स्पेनसँग कुनै सम्बन्ध राख्न चाहँदैनौँ।”

विश्लेषकहरूका अनुसार, यस्तो कदमले अमेरिका र स्पेनबिच राजनीतिक तथा आर्थिक तनाव बढाउन सक्छ। तर, यस कदमको प्रभाव कस्तो हुने भन्ने कुरा युरोपेली संघका सदस्य राष्ट्रले लिने निर्णयमा निर्भर रहनेछ।

स्पेन यसअघि नै नाटोका सहयोगी राष्ट्रहरूलाई रक्षा खर्च बढाउन ट्रम्पले गरेको मागको विरोध गर्दै आएको थियो। ट्रम्पको धम्कीले दुई देशबीचको सम्बन्ध थप जटिल बन्ने सम्भावना देखिएको छ।