नेप्से परिसूचकमा उछाल, आँखुखोला जलविद्युत् कम्पनीमा सबैभन्दा बढी कारोबार

User Image Prime TV News एक महिना अगाडि
Image of नेप्से परिसूचकमा उछाल, आँखुखोला जलविद्युत् कम्पनीमा सबैभन्दा बढी कारोबार

काठमाडौ । साताको तेश्रो दिन मंगलबार सेयर बजारमा सकारात्मक उतार चढाव देखिएको छ। नेप्से परिसूचक ३८.५२ अंकले बढेर २,७१२.४९ बिन्दुमा पुगेको छ।

आज नेप्सेमा ३२९ कम्पनीको १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर खरिद-बिक्री भएको छ। कुल कारोबार रकम करिब रू. ६ अर्ब २३ करोड पुगेको छ। सबैभन्दा ठूलो कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडमा भएको छ, जसको कारोबार रू. ३४ करोड ६५ लाख पुगेको छ।

बजारमा सलापा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। उल्टो, शुभम् पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ।