निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न समूह र व्यक्तिहरू प्रहरीको नियन्त्रणमा

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न समूह र व्यक्तिहरू प्रहरीको नियन्त्रणमा

काठमाडौ । प्रनिधिसभा निर्वाचन नजिकिदै गर्दा प्रहरीले निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न समूह र व्यक्तिहरूलाई नियन्त्रणमा लिएर धमाधम कारबाही सुरु गरेको छ।

प्रहरी प्रधान कार्यालयले निर्वाचन बिथोल्ने गतिविधि निगरानी गर्न निर्वाचन सुरक्षा तथा विश्लेषण महाशाखा गठन गरेको छ। यस महाशाखाको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवालीले सम्हालिरहेका छन्।

प्रहरीका अनुसार ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं लगायत ६ वटा समूह सक्रिय छन्। अहिलेसम्म ७६ जनालाई पक्राउ गरिएको छ भने अदालतको आदेशले ६६ जनालाई रिहा गरिएको छ। मात्र फागुन १८ मा ९ जनालाई पक्राउ गरिएको डीआईजी अविनारायण काफ्लेले जानकारी दिएका छन्।

विशेष रूपमा सक्रिय रहेका समूहमा प्रसाई समूह, धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन र पहिचानको आन्दोलन रहेका छन्। बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेर पछि रिहा भइसकेका छन्।

फागुन २१ मा हुने निर्वाचनका लागि १०,९६७ मतदान स्थल निर्धारण गरिएको छ। सुरक्षाको दृष्टिकोणले ती स्थलहरूलाई सामान्य, चुनौतीपूर्ण र उच्च जोखिमयुक्त गरी तीन भागमा वर्गीकरण गरिएको छ। प्रहरीले निर्वाचनको शान्ति र सुरक्षा कायम राख्न निगरानी र सक्रिय पहरामा रहेको जनाएको छ।