म बाट कुनै धोका हुँदैनः गगन थाहा
Prime TV News एक महिना अगाडि 
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही ४ क्षेत्रका मतदातासँग भेटघाट गर्दै आगामी ५ वर्ष यहाँको सेवक बन्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले युवाहरूको अभिभावक बन्ने पनि बताएका छन्।
थापाले घोषणा गरे, “मैले यहाँ सांसदको कार्यालय स्थापना गर्नेछु, काठमाडौंमा पनि कार्यालय हुनेछ। यी कार्यालयहरू सधैं खुला रहनेछन् र मतदातासँग मेरो प्रत्यक्ष सम्पर्क कायम हुनेछ। महिनामा एकपटक दुई दिन जनताको दरबार सञ्चालन हुनेछ, जहाँ सबैले आफ्ना समस्या राख्न सक्नेछन्।”
उनले चुनाव जितेपछि जादु वा चमत्कार नगर्ने, तर बेइमानी नगर्ने स्पष्ट पारेका छन्। थापाले भने, “मबाट कुनै धोका दिइने छैन। मैले पूर्वाधार र विकासका जिम्मा लिएका कामहरू पूरा गरेर छोड्नेछु। यहाँको विद्यालय र स्वास्थ्य चौकीको अवस्था सुधार हुनेछ। मैले दलित र विपन्न समुदायको अवस्था देखेँ र दुखित भएँ।”
थापाले आफू प्रधानमन्त्री बन्ने सम्भावना भए पनि प्रमुख लक्ष्य सर्लाही ४ लाई मधेशको नम्बर एक क्षेत्र बनाउने रहेको बताए। उनले भने, “मौका पाउँदा प्रधानमन्त्री बन्न सक्छु, नबन्न सक्छु, त्यो माथिको कुरा हो। तर यस क्षेत्रलाई उत्कृष्ट बनाउने मेरो प्राथमिकता हो।”
उनले वर्तमान राजनीतिक ध्यान सर्लाही ४ र झापा ५ क्षेत्रमा रहेको पनि उल्लेख गरे ।







