आयतोल्लाह अली खामेनीईमाथि महिनौ देखि गोप्य निगरानी गरिएको रिपोर्ट सार्वजनिक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । तेहरानमा इजरायल र अमेरिकाले संयुक्त रूपमा लक्षित आक्रमण गरेको दाबी सार्वजनिक भएको छ।
सिएननलाई उद्धृत गर्दै आएका विवरणअनुसार, इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीईमाथि सही अवसर पर्खेर इजरायली र अमेरिकी गुप्तचर निकायले महिनौँदेखि गोप्य निगरानी गरिएको थियो। रिपोर्टमा खामेनीईको दैनिक तालिका, आवतजावत, भेटघाट तथा सम्भावित सुरक्षित स्थानहरूबारे विस्तृत अनुगमन गरिएको उल्लेख छ।
शनिबार बिहान तेहरानस्थित एक सरकारी परिसरमा सर्वोच्च नेता, राष्ट्रपति कार्यालय र राष्ट्रिय सुरक्षा संयन्त्रका अधिकारीहरू छुट्टाछुट्टै स्थानमा भेला हुने तयारीमा रहेका बेला उक्त कारबाही अघि बढाइएको दाबी गरिएको छ।
‘अपरेसन रोअरिङ लायन’ नाम दिइएको सो अभियानअन्तर्गत इजरायली युद्धविमानहरूले सटीक निर्देशित गोलाबारुद र लामो दूरीका क्षेप्यास्त्र प्रयोग गरी तीन स्थानमा एकैसाथ प्रहार गरेको जनाइएको छ। केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीईको मृत्यु भएको दाबी गरेको उल्लेख छ।
यद्यपि, इरान सरकारले आधिकारिक पुष्टि नगरेको र बिबिसी तथा राेयटर जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले स्वतन्त्र रूपमा पुष्टि नगरेको अवस्थामा घटनाबारे अझै अनिश्चितता कायम रहेको छ।












