सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा सञ्चालन राष्ट्र बैंकको निर्देशन

User Image Prime TV News एक महिना अगाडि
Image of सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा सञ्चालन राष्ट्र बैंकको निर्देशन

काठमाडौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकले होली पर्व तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन परेकाले फागुन २१ गते बिहीबार बैंक तथा वित्तीय संस्थाका कार्यालय खुला राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। निर्वाचनसँग सम्बन्धित वित्तीय कारोबार प्रभावित नहोस् भन्ने उद्देश्यले उक्त निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

निर्देशनअनुसार सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी व्यवस्था र राजस्व दाखिलाको काम निरन्तर रूपमा सञ्चालन गर्नुपर्नेछ। साथै निर्वाचन प्रचारप्रसारका लागि खोलिएका बैंक खातामार्फत राजनीतिक दल तथा उम्मेदवारहरूले गर्ने नगद, चेक तथा अन्य विनिमय साधनको दाखिला र भुक्तानीसम्बन्धी बैंकिङ सेवा उपलब्ध गराउन पनि भनिएको छ।

निर्वाचनको समयमा वित्तीय गतिविधि अवरुद्ध हुँदा सरकारी कामकाज र निर्वाचन प्रक्रिया प्रभावित हुने भएकाले सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको राष्ट्र बैंकको ठहर छ।