नेपाली कांग्रेस (बीपी) पुनः नेपाली कांग्रेसमा समाहित

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेस (बीपी) पुनः नेपाली कांग्रेसमा समाहित

काठमाडौ । नेपाली राजनीतिमा महत्त्वपूर्ण घटनाक्रमका रूपमा नेपाली कांग्रेस (बीपी) पुनः नेपाली कांग्रेसमा समाहित भएको छ। सामाखुसीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका सभापति गगन थापाले कांग्रेस (बीपी) सँग औपचारिक एकता भएको घोषणा गरेका हुन्।

सभापति थापाले पार्टीभित्र विगतका असमझदारी र विभाजनलाई अन्त्य गर्दै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट बनाउने उद्देश्यले एकता गरिएको बताए। उनले आगामी निर्वाचन र राजनीतिक यात्रामा यस एकताले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।

कांग्रेस (बीपी) का नेता सुशीलमान शेरचन नेतृत्वमा रहेको समूह लामो समयदेखि मूल पार्टीसँग अलग रहँदै आएको थियो। पूर्व सभापति शेरबहादुर देउवासँग विवाद चुलिएपछि डडेलधुराका पूर्व सभापति कर्ण मल्लले कांग्रेस परित्याग गरी कांग्रेस (बीपी) मा आबद्ध भएका थिए।

यसअघि डडेलधुरा कांग्रेसले कांग्रेस (बीपी) लाई पुनः मूल पार्टीमा फर्कन आग्रह गरेको थियो। पछिल्लो छलफल र सहमतिपछि दुवै पक्ष एकतामा पुगेका हुन्।