सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले वढ्यो

User Image Prime TV News एक महिना अगाडि
Image of सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले वढ्यो

काठमाडौ । आन्तरिक बजारमा सुनको मूल्यमा पुनः उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढ्दै ३ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो। पछिल्लो वृद्धि सँगै बजारमा पुनः चाप बढेको व्यवसायीहरू बताउँछन्।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड कायम भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव तथा मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सुनको माग बढिरहेको विश्लेषण गरिएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला २४५ रुपैयाँले उकालो लाग्दै ५ हजार ९८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति र भू–राजनीतिक अवस्थाको प्रभावले आगामी दिनमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव जारी रहन सक्छ।