ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न उठाए, कुनै पनि प्रकारको धाँधली एमालेले नमान्ने

User Image Prime TV News एक महिना अगाडि
Image of ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न उठाए, कुनै पनि प्रकारको धाँधली एमालेले नमान्ने

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रश्न उठाएका छन्। उनले आगामी चुनावमा धाँधली रोक्न सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन्।

ओलीले भने, “कुनै पनि प्रकारको धाँधली एमालेले मान्य गर्ने छैन। यदि निर्वाचन निष्पक्ष नभए र राज्य संयन्त्रको दुरुपयोग गरी नतिजा प्रभावित पार्ने प्रयास भए, लोकतान्त्रिक शक्तिहरू त्यसको परिणामलाई मान्यता दिने छैनन्।”

उनले थपे, “त्यस्ता गतिविधि तत्काल रोकिनु पर्छ, तर रोकिनेमा शंका छ।” ओलीले मुलुकको सार्वभौम संसदलाई बलजफ्ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको आरोप पनि लगाए। आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने दाबी गर्दै उनले देशमा आइपरेका समस्याको समाधान निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।