ब्रेन्टफोर्डले केथ एन्ड्रुजलाई मुख्य प्रशिक्षक नियुक्त

User Image Prime TV News एक महिना अगाडि
Image of ब्रेन्टफोर्डले केथ एन्ड्रुजलाई मुख्य प्रशिक्षक नियुक्त

काठमाडौ । इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले केथ एन्ड्रुज लाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्लबले एन्ड्रुजलाई सन् २०३२ सम्म जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ।

नियुक्तिपछि एन्ड्रुजले टिम सुधारमा केन्द्रित हुने बताएका छन्। उनले भने, “मेरो प्राथमिक लक्ष्य टिम र खेलाडीमा सुधार ल्याउनु हो। दैनिक रूपमा टिमको स्तर उकास्न म प्रयास गर्नेछु। समर्थकलाई पनि टिमको प्रदर्शन देखेर गर्व लागोस् भन्ने मेरो उद्देश्य छ। टिमको खेल शैलीलाई आक्रामक बनाउने योजना पनि छ।”

एन्ड्रुज आयरल्यान्डका पूर्वमुख्य प्रशिक्षक र पूर्वव्यावसायिक फुटबल खेलाडी हुन्। उनी सन् २००८ देखि २०१२ सम्म आयरल्यान्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहिसकेका छन्। सन् १९९९ मा इंग्लिस क्लब वुल्भरह्याम्पटन बाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका एन्ड्रुजले ३७५ खेल खेल्दा ४४ गोल गरेका थिए।

हाल ब्रेन्टफोर्ड २७ खेलपछि ४० अंकसहित प्रिमियर लिगको सातौँ स्थानमा छ, जसमा १२ जित, ४ बराबरी र ११ हार समावेश छन्। क्लबले नयाँ प्रशिक्षकको नेतृत्वमा प्रदर्शन सुधार्ने लक्ष्य राखेको छ।