काठमाडौमा निर्वाचनको तयारी: रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्ने निर्णय
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौँ जिल्लामा आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौले रात्रिकालीन व्यवसाय सञ्चालनमा समय सीमा तोकेको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार फागुन १८ गतेदेखि लागू हुने गरी राति ९ बजेपछि होटेल, रेस्टुरेन्ट र अन्य सबै रात्रिकालीन व्यवसाय बन्द गर्नुपर्ने छ। सूचना मुक्तिराम रिजाल द्वारा हस्ताक्षरित छ।
रिजालका अनुसार, “निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै काठमाडौँ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू फागुन १८ देखि अर्को निर्णय नभएसम्म राति ९ बजेपछि बन्द गरिनेछ। सरोकारवालाहरूलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो।”
प्रशासनले यस निर्णयलाई पूर्ण रूपमा पालन गर्न व्यवसायीहरूलाई आग्रह गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतदान सुरक्षित र भयरहित हुने वातावरण सुनिश्चित गर्न कदम चालिएको जनाएको छ।







