सर्वोच्चको आदेशपछि धर्मेन्द्र बास्तोला थुनामुक्त

User Image Prime TV News एक महिना अगाडि
Image of सर्वोच्चको आदेशपछि धर्मेन्द्र बास्तोला थुनामुक्त

काठमाडौ । सर्वोच्च अदालतले नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ।

बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो। बास्तोलालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

पक्राउविरुद्ध सावित्रीकुमारी वलीले फागुन १० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन्। सुनुवाइपछि अदालतले उनको थुनालाई गैरकानुनी ठहर गर्दै रिहा गर्न आदेश दिएको जनाएको छ। आदेश काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका नाममा जारी गरिएको हो।

अदालतको आदेशसँगै बास्तोलाको रिहाइ प्रक्रिया सुरु भएको छ। यस निर्णयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ भने कानुनी वृत्तले व्यक्तिगत स्वतन्त्रता र विधिको शासनको संरक्षणका दृष्टिले महत्वपूर्ण मानेका छन्।