नवलपरासीका रास्वपा सभापति महेन्द्र सिंह ठकुरी कांग्रेस प्रवेश

User Image Prime TV News एक महिना अगाडि
Image of नवलपरासीका रास्वपा सभापति महेन्द्र सिंह ठकुरी कांग्रेस प्रवेश

काठमाडौ । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरीले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश गराएर खादामालाले स्वागत गरेका छन्। ठकुरीले यो कदम नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा उठाएका हुन्। उनले भने, “कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको छ।”

स्थानीय रास्वपा नेताका रूपमा लामो समयदेखि सक्रिय ठकुरी टिकट वितरणप्रति असन्तुष्ट थिए। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १२ हजार ४९९ मत प्राप्त गरेका थिए। चुनाव नजिकिँदै गर्दा ठकुरीको कांग्रेस प्रवेशले रास्वपालाई धक्का पुगेको विश्लेषकहरूले बताएका छन्।

रास्वपाले लुम्बिनी प्रदेशका लागि पूर्वमहामन्त्री विक्रम खनाललाई टिकट दिएका थिए, जसपछि ठकुरी असन्तुष्ट बनेका थिए। यस्तै, सुस्ता गाउँपालिकाका उपसभापति रहेका ठकुरीका दाइ गुप्तसेन ठकुरी पनि केही दिनअघि रास्वपा छोडिसकेका छन्।