नेकपा (संयुक्त) ले फागुन २१ का लागि निर्वाचनका सन्दर्भमा ५ बुँदे सर्कुलर जारी

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपा (संयुक्त) ले फागुन २१ का लागि निर्वाचनका सन्दर्भमा ५ बुँदे सर्कुलर जारी

काठमाडौ । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पार्टीका सबै कमिटी अध्यक्ष र इन्चार्जलाई आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ बुँदे आकस्मिक सर्कुलर जारी गरेका छन्।

सर्कुलर अनुसार, राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्यहरू र समानुपातिक उम्मेदवारहरूले निर्वाचनसम्म आ–आफ्नो क्षेत्रभित्र प्रचार–प्रसारमा तदारुकता देखाउनेछन्। साथै, व्यवसाय, रोजगारी वा अन्य कारणले मतदान गर्न जिल्ला बाहिर रहेका सदस्यहरूलाई आ–आफ्नो जिल्लामा फर्केर मतदान गर्न सूचित गर्ने व्यवस्था गरिएको छ।

पार्टीले देशभरका सदस्यहरूलाई साथी, परिचित, पेसागत र सामुदायिक संगठनसँग सम्बन्धित व्यक्तिहरूलाई सम्पर्क गरी पार्टी उम्मेदवारलाई भोट दिन अनुरोध गर्न निर्देशन दिएको छ। त्यस्तै, प्रत्येक क्षेत्रका गतिविधि र प्रचार–प्रसारको जानकारी केन्द्रीय कार्यालयमा नियमित रूपमा रिपोर्ट गर्ने व्यवस्था पनि सर्कुलरमा समावेश गरिएको छ।

पार्टीले यसमार्फत निर्वाचनमा व्यापक सहभागिता र तदारुकता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।