फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनका दिन हवाई उडान खुला रहने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरू यथावत सञ्चालन हुने भएका छन्।
निर्वाचन आयोगले मतदान प्रक्रियामा आवश्यक सहजीकरण सुनिश्चित गर्दै गृह मन्त्रालयलाई पत्रमार्फत उडान संचालनको वातावरण बनाउन निर्देशन दिएको छ। निर्णय अनुसार, टिकटधारी यात्रुलाई विमानस्थलदेखि घर वा बसोबास गर्ने होटलसम्म, र बसोबास स्थलदेखि विमानस्थलसम्मको यात्रा गर्दा सम्बन्धित एयरलाइन्स वा निजी साधन प्रयोग गर्न दिने व्यवस्था मिलाइएको छ।
यसअघि आन्तरिक उडानहरू रोक्ने प्रचलन थियो र नेपाल पर्यटन बोर्डले सो क्रममा ट्राभल एडभाइजरीसमेत जारी गरेको थियो। तर यसपटक निर्वाचन सुचारु, सहज र सुरक्षित रूपमा सम्पन्न गर्न उडान यथावत राखिने आयोगले जनाएको छ।







