पूर्वाधारमा गुणात्मक सुधार गर्ने छुः डा. राजन भट्टराई
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि निर्माण भएका पूर्वाधारमा गुणात्मक सुधार गर्न आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभएको छ ।
बिहीबार घरदैलोका क्रममा भट्टराईले बाटाघाटो, ढल, खानेपानी, स्वास्थ्य लगाएतका क्षेत्रको पूर्वाधार यसअघि नै निर्माण भइसकेको भन्दै अव उक्त पूर्वाधारको सुधार गर्न आफ्नो ध्यान केन्द्रीत हुने बताएका हुन् ।
निर्वाचनका सन्दर्भमा पार्टीले घोषणा गरेक राष्ट्रिय तहका केही मुद्दाहरूका साथै स्थानीय मुद्दाहरू प्राथमिकतामा रहेको उनको भनाई छ । भट्टराईले मुलुकमा केहि हुँदैन भन्ने भाष्य र युवाहरुको असन्तुष्टिलाई सम्बोधन हुने गरि युवा स्वरोजगारका कार्यक्रमहरु अघि बढाउने उल्लेख गरे ।
रोजगारी सिर्जना गर्नका लागि लगानीमैत्री वातावरण, स्वदेशी लगानीको वृद्धि, वैदेशिक लगानी भित्र्याउनका लागि पनि नीति निर्माणको तहमा अत्यन्त आकर्षक प्याकेजहरु बनाइने भन्दै उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्दै सहज रुपमा जनताको काम हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।







