सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

User Image Prime TV News एक महिना अगाडि
Image of सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो।

यस्तै, चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ७२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो। यसरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय बजारको उतार–चढाव तथा विनिमय दरको प्रभावका कारण दैनिक रूपमा सुन–चाँदीको मूल्यमा परिवर्तन हुँदै आएको छ।