सर्वोच्च अदालतले दुर्गा प्रसाईलाई रिहा गर्न आदेश जारी

User Image Prime TV News एक महिना अगाडि
Image of सर्वोच्च अदालतले दुर्गा प्रसाईलाई रिहा गर्न आदेश जारी

काठमाडौ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईलाई रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईको पक्षमा रिट निर्णय सुनाएको हो। प्रसाईलाई निर्वाचन आयोगको पत्रबमोजिम फागुन ४ गते प्रहरीले पक्राउ गरेको थियो। उनमाथि आयोगको काममा असर पार्ने गरी अफवाह फैलाएको आरोप लागेको थियो।

उनले आयोगका पदाधिकारीहरूले पैसा खाएर गगन थापालाई कांग्रेसको आधिकारिकता दिएको दावी सार्वजनिक गरेका थिए। सर्वोच्चको आदेशपछि प्रसाईंलाई कानूनी रूपमा रिहा गर्न सकिने भएको छ।

यस निर्णयपछि राजनीतिक र कानूनी क्षेत्रमा विभिन्न प्रतिक्रिया आउने अनुमान गरिएको छ।