श्रीपुर घटनापछि वीरगंजमा कर्फ्यू हटाइयो, भेला–जुलुसमा रोक
Prime TV News एक महिना अगाडि 
वीरगंज । जारी कर्फ्यू हटाइएको छ भने स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ। शान्ति–सुरक्षाको अवस्था क्रमशः सुधारोन्मुख देखिएपछि कर्फ्यू हटाएर सभा जुलुसमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
आइतबार राति दुई पक्षबीच विवाद उत्पन्न भएपछि वीरगञ्जको श्रीपुर क्षेत्र तनावग्रस्त बनेको थियो। सम्भावित अप्रिय घटना रोक्न पर्सा प्रशासनले सोमबार बिहान ९:४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म कर्फ्यू लगाएको थियो।
स्थिति नियन्त्रणमा आउँदै गएको मूल्याङ्कनपछि कर्फ्यू हटाइएको हो। तर, ‘स्थानीय प्रशासन ऐन, २०२८’ को दफा ६ (३क) बमोजिम साँझ ४:३० बजेदेखि मिति २०८२/११/१२ गते बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ।
प्रशासनले सर्वसाधारणलाई संयमित रहन, अफवाहमा नलाग्न तथा शान्ति–व्यवस्था कायम राख्न सहयोग गर्न अपिल गरेको छ। स्थानीय तह र सुरक्षा निकायले स्थिति नजिकबाट निगरानी गरिरहेको जनाइएको छ।








