लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउन यो निर्वाचन महत्वपूर्णः इश्वर पोखरेल

User Image Prime TV News एक महिना अगाडि
Image of लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउन यो निर्वाचन महत्वपूर्णः इश्वर पोखरेल

काठमाडौ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताएका छन् । 

काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहनुभएका पोखरेलले सोमबार हाँडीगाउमा घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै मुलुक असामान्य अवस्थामा रहेका बेला लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताए । 

पोखरेलले देश बनाउने सही पार्टी एमाले मात्रै भएको उल्लेख गर्दै निर्वाचन क्षेत्रका मतदाता, पार्टी कमिटी लगाएको आवश्यकताका आधारमा आफ्नो उम्मेदवार रहेको भन्दै पोखरेलले जनताका समस्याहरु र यसअघि गरेका धेरै योजनाहरुलाई कार्यान्वयन गरिने प्रतिवद्धता जनाए । 

आफुले गरेका कामका बारेमा मतदाता जानकार रहेकाले जनताले आफुलाई मत दिएर बिजयी गराउने उनकव दावी थियो । काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेबाट पोखरेलका साथै कांग्रेसबाट प्रदीप पौडेल, नेकपाबाट कल्पना शर्मा, राप्रपाबाट कमल थापा, रास्वपाबाट सस्मित पोखरेल लगाएतका उम्मेदवार रहेका छन् ।