परिवर्तनको एजेन्डा बोकेर आफुहरु जनताको माझ आएको कमल थापाको भनाई

User Image Prime TV News एक महिना अगाडि
Image of परिवर्तनको एजेन्डा बोकेर आफुहरु जनताको माझ आएको कमल थापाको भनाई

काठमाडौ । राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नंवर ५ का उम्मेदवार कमल थापाले परिवर्तनको एजेन्डा बोकेर आफुहरु जनताको माझ आएको बताएका छन् ।

सोमबार काठमाडौंमा घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले यसपटकको चुनाव यथास्थितिवादी र परिवर्तनकारी विचार र शक्तिको बीचमा हुन लागेको भन्दै आफु परिवर्तनको एजेन्डा बोकेर जनताको माझमा आएको बताए ।

अहिलेको निर्वाचन जेनजी आन्दोलनको जगमा हुन लागेकाले युवाहरुको भ्रष्टाचारको अन्त्य र सुशासनमा माध्यमबाट देशको आर्थिक समृद्धिको मागलाई राप्रपाले अघि बढाउने उल्लेख गर्दै शिक्षा, स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्ने समेत आफुहरुको एजेण्डा रहेको उल्लेख गरे । 

थापाले जनताहरु समेत परिवर्तनको पक्षमा रहेकाले सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माण गर्ने आफुहरुको अभियानमा साथ प्राप्त हुने जिकिर गरे ।